Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नगरकोटीको विस्फोटक ब्याटिङमा राइजिङ स्टार्सको शानदार जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
newsabhiyan

काठमाडौं । फेमस नगरकोटीको विस्फोटक ब्याटिङको मद्दतमा राइजिङ स्टार्सले राइजिङ स्टार यू–१२ ब्वाइज क्रिकेट प्रतियोगिता २०८३ मा सीईसी भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सीईसी भक्तपुरले २७।२ ओभरमा सबै विकेट गुमाएर १९८ रन बनाएको थियो। उसका लागि कृषभ निरौलाले ५६ रन र आकाश यादवले १८ रनको योगदान दिए। राइजिङ स्टार्सका जुथाङ आरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने रिषभ एमले २ विकेट हात पारे।
१९९ रनको लक्ष्य पछ्याएको राइजिङ स्टार्सले १६।४ ओभरमै ४ विकेट गुमाएर १९९ रन बनाउँदै जित हासिल गर्‍यो।

राइजिङ स्टार्सको जितका नायक नगरकोटी बने। उनले आक्रामक ब्याटिङ गर्दै मात्र ४६ बलमा अविजित १४७ रन बनाए। उनको उत्कृष्ट प्रदर्शनले टोलीलाई सहज जित दिलायो। रिषभ एमले २५ बलमा १७ रन बनाए भने अन्य ब्याटरले पनि साथ दिएका थए।

सीईसी भक्तपुरका आशुतोष टीले २ विकेट लिए पनि नागरकोटीको आक्रामक ब्याटिङ रोक्न सकेनन्। 
यस जितसँगै राइजिङ स्टार्सले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan