Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यमनमा साउदी आक्रमणमा ११ जनाको मृत्यु, ३६ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ३ बिहीबार | (रासस/सिन्ह्वा)

साना/रियाद, ३ मङ्सिर  : यमनमा पछिल्लो २४ घण्टामा साउदी अरबले गरेको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

इरान समर्थित हुथी विद्रोहीद्वारा सञ्चालित सञ्चारमाध्यमले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार यमनका ताइज, होदाइदा, सादा, हज्जा र इब प्रान्तमा भएका हवाई आक्रमणमा उनीहरूको मृत्यु भएको हो ।

हुथी स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै हुथी सञ्चालित अल–मसिराह टेलिभिजनले उक्त विवरण सार्वजनिक गरेको हो ।

टेलिभिजनका अनुसार साउदी लडाकु विमानहरूले यमनको राजधानी सानामा पनि पटक–पटक हवाई आक्रमण गरेका थिए । राजधानीमा भएको आक्रमणबाट भएको मानवीय क्षतिबारे तत्काल कुनै विवरण सार्वजनिक भएको छैन ।

आक्रमणका क्रममा राजधानीका विभिन्न क्षेत्रमा शक्तिशाली विस्फोटका आवाज सुनिएको स्थानीय बासिन्दाले सिन्ह्वालाई बताएका छन् । आकाशमा लडाकु विमान उडिरहेका बेला पटक–पटक भएका विस्फोटले घरहरू हल्लिएको र त्रासका कारण बाहिर निस्कनसमेत डर लागेको एक स्थानीय बासिन्दाले बताए ।

यसैबीच, यमनमा सक्रिय साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोही समूहले दक्षिणी साउदी अरबतर्फ प्रहार गरेका चारवटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई आकाशमै रोकेर नष्ट गरेको जनाएको छ ।

यमनका सरकारी सेनालाई साउदी नेतृत्वको गठबन्धनले समर्थन गर्दै आएको छ । हुथी विद्रोही र सरकारी सेनाबीचको द्वन्द्व चर्किंदै जाँदा पछिल्लो हवाई आक्रमण भएको हो ।

यमनमा जारी द्वन्द्वले क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan