Saturday 21st of November | २०८३ मङ्सिर ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएल फाइनलः सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोज्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ५ शनिबार |

काठमाडौँ, ५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि आज हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोज्नुभएको हो । यससँगै लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

    गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यसपटक लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने प्रयासमा छ ।

    यस संस्करणमा यी दुई टोलीबीच यो तेस्रो प्रतिस्पर्धा हो । लिग चरणको पहिलो भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो । पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

    फाइनलका लागि लुम्बिनीको टोलीमा कप्तान रोहितकुमार पौडेलसहित सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, अभिषेक गौतम, दिलीप नाथ र किशोर महतो छन् । विदेशी खेलाडीमा क्रिस्टियन ट्रम्पलम्यान, निरोशन डिकवेला, अली शेख र डीआर्सी सट्र्स छन् ।

    सुदूरपश्चिमको टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी, अनिल खरेल र दीपक बोहरा छन् । विदेशी खेलाडीमा साइफ जैब, जर्ज मन्सी, स्कट कुगेलेइन र थारिन्दु रत्नायके छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan