अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
काठमाडौं, ६ मंसिर : ललितपुर, ललितपुर महानगरपालिका-१६ पाटन सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट सहित सोही महानगरपालिका-२५ भैंसेपाटी बस्ने मकवानपुर घर भएका ४२ वर्षीय श्याम लामा समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा म्याग्दी रघुगंगा गाउँपालिका-४ बस्ने २७ वर्षीय सागर पुन मगर र धौलागीरी नगरपालिका-६ बस्ने २३ वर्षीय आयुष छन्तेल रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ज ११२६ नम्बरको माइक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी तनहुँ, ब्यास नगरपालिका-३ बीसघरेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय रबिन्द्र सुनार समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, देवानगञ्ज गाउँपालिका-३ मेहता टोल बस्ने २२ वर्षीय संतोष कुमार राम समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ८० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले संतोषको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ शिवचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिबेक चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामधुनी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०५१ प ९०१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपहानगरपालिका-८ बिरेन्द्र चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६४ ट्याब्लेट र स्पास्पेन ३ सय ६४ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ डेरा गरी बस्ने ३२ वर्षीय सुशिल परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही महानगरपालिका-१ बस्ने २६ वर्षीय सुरज कुमार सिंह समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छप्कैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०३-०३० प ६०९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-६ लालपुर बस्ने २७ वर्षीय प्रकाश चोखाल समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७२ किलोग्राम सहित सोही नगरपालिका-१२ सारश्वर टोल बस्ने ३३ वर्षीय अनिल कुमार महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले ज.१ त ८३११ नम्बरको ट्याक्टरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अनिललाई पक्राउ गरेको हो ।
यसैगरी सिराहा, गोलबजार नगरपालिका-६ गुम्बा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय योगेश कुमार सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सिराहा, मिर्चैया नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ३० मिलिग्राम सहित धनगढीमाई नगरपालिका-५ जेयपुर बस्ने २८ वर्षीय रंजित कुमार सिंह दनुवार समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको म.प्र.०१-००५ प ९१२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङ समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ४० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले कैलाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके नेपालगंज उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय इर्फान जोलाहा र २३ वर्षीय साहित जोलाहा रहेका छन् । प्रहरी चौकी सुब्बाकुना समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १५५४ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने ३० वर्षीय देब बहादुर पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
