Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यसरी रमणिय मनमोहक बनाईदै छ तिनकुनेलाई

न्यूजअभियान | प्रकाशित मिति : २०७६ असोज २२ बुधबार | १८७८ पटक हेरिएको

सागर श्रेष्ठ, काठमाडौं, अशोज २० गते । काठमाडौं अहिले बेहुली झैं सिंगारिदैं छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको यही असोज अन्तिम साता हुने भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंलाई बेहुली झैं सिंगारी रहेको हो ।
राजधानीको मुटुमा रहेको तीनकुनेलाई नयाँ आकार दिन रामचन्द्र बस्नेत र उहाँको समूह लागिपरेको छ । कल्की, पाम, धुपीका बिरुवा रोपिएका छन् । विभिन्न प्रजातिका फूल रोपिएको छ । काठमाडौँ महानगरका कर्मचारी पनि उत्तिकै मेहनत गरिरहेका छन् । कोही ढुङ्गा मिलाइरहेका छन् भने कोही बिरुवा रोपिरहेका छन् ।

   तीनकुनेको खाली जग्गालाई बगैँचा बनाउन शिवपुरी नर्सरीका बस्नेत र उहाँको आठ जनाको समूह खटिएको छ । दुबोको चपरी राख्न नेपाली सेनाका जवान पनि खटिएका छन् । महानगरका कर्मचारी, दैनिक ज्यालादारीमा ल्याइएका कामदार पनि छन् । काठमाडौँका सडक तथा विभिन्न क्षेत्र फूलका बिरुवा रोपेर सिँगार्न पाउँदा आफूलाई पनि खुशी लागेको बस्नेतको भनाइ छ । “दैनिक रु दुई हजारमा पनि कामदार पाउन गाह्रो भएको छ । अब फेरी अर्को राष्ट्र प्रमुख आउँदा तिनकुनेलाई सिंगार्न नपरोस । सम्बन्धित निकाएको ध्यान जाओस । बाँकी भिडियोमा हेर्नुहोस ...

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan