Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १८ बिहीबार |
newsabhiyan

काठमाडौं, १८ भदौ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ आज बिहीबार हुँदै छ ।

एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको २३ औं संस्करण राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा हुनेछ । यस पटक स्पोर्ट्स अवार्डलाई बाढीपीडित प्रभावितप्रति समर्पित गरिएको छ ।

नेपाली खेल पत्रकारहरूको छाता संगठन मञ्चले नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ मा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने गर्दछ ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ मा ९ विधामा प्रदान गरिनेछ । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।

यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा चन्द्रबहादुर थापा (बक्सिङ), सोमबहादुर कुमाल (एथलेटिक्स), प्रदीप बजाइली मगर (कराते), दीपेन्द्रसिंह ऐरी (क्रिकेट) र सद्भाव आचार्य (गल्फ) परेका छन् ।

वर्ष महिला खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराते), सानुमाया थिङ (कराते), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स), साबित्रा भण्डारी (फुटबल) र सबिना श्रेष्ठ (कराते) रहेका छन् ।

त्यस्तै, वर्ष युवा खेलाडीको प्रतिस्पर्धा अर्पिल राना (बक्सिङ), रेहान जावेद (कराते), मनीषाकुमारी बोहरा (कराते), पुरुषोत्तम सिलवाल (चेस) र रौनक श्रीवास्तव (क्रिकेट) छन् ।

वर्ष प्रशिक्षकमा दीपक महर्जन (बक्सिङ), कुशल श्रेष्ठ (कराते), मण्डेकाजी श्रेष्ठ (कराते), स्टुआर्ट ल (क्रिकेट) र पुरन सिंह खत्री (दृष्टिविहीन महिला क्रिकेट) मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ प्रतिस्पर्धामा छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रमकै क्रममा गरिनेछ ।

उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन तथा एनएसजेएफको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan