Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २३ मंगलबार | (रासस)

रसुवा, २३ भदौः रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान चिन्तित भएका छन् । तरकारीको व्यावसायिक खती गर्दै आएका आमाछोदिङमो गाउँपालिका–व ३ गत्लाङका करिब ५०० घरधुरीका किसानलाई सडक सञ्जालको अभावमा तयार हुनलागेको बन्दागोभी बेच्न नपाइएलाकी भन्ने चिन्ताले सताएको अग्रज कृषक मार लामाले जानकारी दिनुभयो । 

    उहाँका अनुसार नमूना वस्तीका रूपमा परिचित गत्लाङमा गतवर्ष एक हजार ६५० ट्रक बन्दागोभी बिक्री भएकामा यसवर्ष बढी दुई हजार १०० टन उत्पादन अनुमान गरिएको छ ।  

    बन्दागोभी उत्पादनका लागि प्रख्यात सो तामाङ वस्तीको आयआर्जनको स्रोत तरकारी खेती रहेको बताउँदै उहाँले भन्नुभयो, “अबको १५–२० दिनभित्र फसल तयार हुन्छ । त्यो बेलासम्म बाटो तयार हुँदैनकी भन्ने चिन्तामा छौँ । बन्दागोभी बेच्न नपाए हातमुख जोड्न गाह्रो छ । बाटो निर्माणतर्फ सरकारको ध्यान जाओस् ।”

    सो गाउँपालिकाका उपाध्यक्ष चण्डीका तामाङले प्रकृतिले ठगेको रसुवा जिल्लाको उर्वर भूमि गत्लाङमा यस वर्ष बन्दागोभी खेती लोभलाग्दो रहेको बतउाँदै बाटो अभावका कारण समयमै फसल बजारसम्म पुर्याउन नसक्दा भौके बस्न पर्नेहोकी भनी चिन्ता व्यक्त गर्नुभयो । उहाँले खाद्यन्न मात्र नभइ नुन–तेल, मरमसला, शिक्षा–स्वास्थ्य, बैङ्क कर्जालगायत सम्पूर्ण आर्थिक कारोबारको स्रोत रहेको गत्लाङको बन्दागोभी बिकेन भने बाढीसँगै अर्काे विपत्तिको सामना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan