Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २९ सोमबार | रासस

दाङ, २९ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतक भएको बताउनुभएको छ ।

    आज तीजका अवसरमा  शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले तीज नेपाली महिलाले आफ्ना भावना, अनुभव र आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा विकसित हुँदै गएको बताउनुभएको छ ।

    उहाँले तीजका माध्यमबाट महिला अधिकार, समानता, सामाजिक न्याय, महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणका विषयमा  जागरण फैलिँदै गएको उल्लेख गर्नुभएको छ ।

    परिवार, समाज र राष्ट्र निर्माणमा महिलाको योगदान अतुलनीय रहेको भन्दै मुख्यमन्त्री आचार्यले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, अन्याय र असमानताको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

    मुख्यमन्त्री आचार्यले तीजका अवसरमा समाजमा रहेका कुरीति, अन्धविश्वास, हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक चेतना अभिवृद्धि गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

    उहाँले तीजको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै अनावश्यक तडकभडक र खर्चिलो प्रवृत्तिलाई निरुत्साहित गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan