कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २९ सोमबार | (रासस)
कर्णाली, २९ भदौ : कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको छ ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं प्रवक्ता कल्याणी खड्काका अनुसार आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष आठौँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही सिफारिस बमोजिम प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो । उहाँले आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्नुभएको छ ।
