Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्कोलर्स होम र जेबीलाई सफलता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार |

काठमाडौं भदौ ३० गते । स्कोलर्स होम र जेबी स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा स्कोलर्स होमले एचएचसीएलाई ३०–१९ ले पराजित ग¥यो । स्कोलर्सको जितमा आदित्य ठाकुरले १० अंक योगदान गरे । हरि मगरको १० अंक सहयोगमा जेबीले सेबलाई २१–१८ ले हरायो ।

जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमीले एन्जल्स हार्टलाई २४–२२, भद्रकालीले ज्ञान संस्कारलाई २९–१४, गण्डकीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २७–११ र फेरिल्यान्डले हिमालयलाई २५–१५ ले पाखा  लगाए । लालीगुराँसका संगिता बलामीले १२, भद्रकालीका पाल्डेन लामाले १२, गण्डकीका सम्पूर्ण अधिकारीले १२ र फेरिल्यान्डका प्रज्ज्वल लिम्बूले १० स्कोर गरे ।

सिनियर ब्वाइजमा बीएनएले स्वेता सदनलाई ४९–२७ तथा गोल्डेनपिकले सेबलाई ५७–४१ ले पन्छाए । बीएनएका सुशान्त मगरले २० तथा गोल्डेनपिकका अग्रज राईले १९ अंक बटुले ।

गल्र्समा जेबीले सेबलाई ३०–१५, भ्याली पब्लिकले फेरिल्यान्डलाई २०–१४ र तेजस्वी एकेडेमीले विभूतिलाई २१–१२ ले पराजित गरे । जेबीकी कृष्टिना रावलले १८, भ्याली पब्लिककी दृष्य गुरुङले १० र तेजस्वीकी निशा पण्डितले १० स्कोर गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan