Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २८ आइतबार |

डडेल्धुरा, २८ भदौः डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ । 

आज सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरतबहादुर ऐरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै विजेता केसी र मल्लको जोडीले रु २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

यस्तै, उपविजेता बोहरा र ऐरको जोडीले रु १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बोहरा र ऐरले प्राप्त गरेको रकम भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ ।

विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष चटौतले खेलकुदले आपसी भाइचाराको विकास गर्नुका साथै स्वस्थ जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

जिल्ला खेलकुद समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो । जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan