Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस-एएफपी)

लस एन्जलस, ३१ भदौ  : अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

च्याट्सवर्थ क्षेत्रमा भएको घातक बस दुर्घटनाको समाचार संकलन गरिरहेका बेला हेलिकप्टर खसेको हो। दुर्घटनापछि ठूलो आगलागी भएको थियो ।

लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा चार जनाको स्वास्थ्य जाँच गरिएकोमा तीन जनालाई मृत घोषित गरिएको छ ।

एक जनालाई अस्पताल लगिएको छ । मृतकमध्ये एक जना जमिनमा रहेका व्यक्ति भएको बताइएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टर स्थानीय समाचार संस्थाको रहेको पुष्टि भएको छ । हेलिकप्टरमा रहेका चालक र समाचारकर्मीबारे तत्काल थप विवरण सार्वजनिक गरिएको छैन ।

हेलिकप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन । सम्बन्धित निकायले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan