Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वास्थ्य स्वयंसेविकाद्वारा बाढी पीडितलाई आर्थिक सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस)

बनेपा (काभ्रे), ३१ भदौः बनेपा नगरपालिकाका–१ देखि वडा नं १४ सम्म कार्यरत ८२ महिला स्वास्थ्य स्वयंसेविकाले रसुवाको भोटेकोशीमा गएको बाढीपहिरोबाट पीडितका लागि रु ८२ हजार सहयोग गरेका छन् । 

    महिला स्वास्थ्य स्वयंसेविकाले प्रतिव्यक्ति रु एक हजारका दरले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले स्वयंसेविकाले उक्त रकम प्रदान गरेका हुन् । सहयोगका लागि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan