Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | रासस

काठमाडौँ, ३१ भदौः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । 

परराष्ट्र मन्त्रालयद्वारा आज यहाँ आयोजित दोस्रो संस्करणको ‘मोफा नलेज फोरम’ मा ‘जलवायु कूटनीति’ विषयमा सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको विषय बहुपक्षीय भए पनि त्यसका लागि दीर्घकालीन संस्थागत संरचना आवश्यक रहेको बताउनुभयो ।

“जलवायु परिवर्तनको विषय बहुपक्षीय विषय हो । तर त्यसको लागि हामीले दीर्घकालीन संस्थाको निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो । मन्त्री खनालले सही संस्थाहरूको निर्माण गरी बहुपक्षीय संस्थाहरूसँग समन्वय गर्न सकेमा मात्रै जलवायु परिवर्तनका विषयमा प्रभावकारी उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो । 

उहाँले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप) मा विषयहरू आउने–जाने भए पनि नेपाललाई कस्तो संस्थागत संरचना आवश्यक छ र त्यसलाई अन्तरराष्ट्रिय मञ्चमा कसरी बलियो रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

“नेपाललाई कस्तो संस्था चाहिन्छ र हामीले कुन अन्तरराष्ट्रिय फोरममा बलियो रूपमा प्रस्तुत गर्न सक्छौँ भन्ने कुरा महत्वपूर्ण विषय हो,” मन्त्री खनालले भन्नुभयो । छलफलमा जलवायु परिवर्तनका विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा काम गरिसकेका तथा गरिरहेका विज्ञहरूसँग सुझाव तथा परामर्श लिइएको थियो । 

कार्यक्रममा सहभागीहरूलाई आफ्ना सल्लाह तथा सुझाव दिन आग्रह गरिएको थियो । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घमा नेपालको सहभागिता तथा त्यहाँ नेपालले जलवायु परिवर्तनका विषयमा गर्नुपर्ने प्रस्तुतीकरणबारे पनि छलफल भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan