Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संविधान दिवसका अवसरमा साइकल र्‍याली

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३ शनिबार | (रासस)

काठमाडौँ, ३ असोजः संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्‍याली गरेको छ ।  

    र्‍यालीमा काठमाडौँ शिक्षालय ललितपुरका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकलप्रेमी तथा स्थानीय जनसमुदाय गरी ३०० भन्दाबढी साइकलयात्री रहेका थिए । उक्त र्‍याली व्यवस्थापन गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेको थियो । 
            
    ‘बाढीपीडितका लागि साइकाल र्‍याली, मानवताका लागि एकता’ भन्ने नारासहित आयोजना गरिएको साइकल र्‍यालीको सुरुआत महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गर्नुभयो । उहाँले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता उल्लेखनीय रहेको बताउनुभयो । 

    विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेल बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको भावना विकास गर्ने तथा साइक्लिङलाई केबल खेलकुद गतिविधिका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व भएको बताउनुभयो । विद्यालयले भोटेकोशी बाढी प्रभावितलाई यसअघि नै ललितपुर प्याब्सनमार्फत रु ५१ हजार सहयोग गरिसकेको छ ।  
 
    र्‍याली काठमाडौँ शिक्षालय ललितपुर इमाडोल, ललितपुरबाट सुरु भई कृष्णमन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टीकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार हुँदै शङ्ख देवी मन्दिर पुगेको थियो । त्यसपछि विष्णुडोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका हुँदै पुनःकाठमाडौँ शिक्षालय ललितपुरको परिसरमा फर्किएर र्‍याली समापन गरिएको थियो । दुई विधामा २० र २५ किलोमिटर दूरीको र्‍यालीले महालक्ष्मी क्षेत्रका विभिन्न स्थानलाई समेटेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan