Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |

कास्की, ४ असोजः पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मोहित ट्रेडर्सले म्याद गुज्रिएका खाद्यवस्तु रिफाइन गरी पुनः प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रु दुई लाख जरिवाना गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको संयुक्त बजार अनुगमनका क्रममा सो ट्रेडर्समा बिक्रीका लागि राखिएका अधिकांश खाद्यवस्तु म्याद गुज्रिएका, किराले खाएर खान अयोग्य अवस्थामा रहेको तथा पसलको सरसफाइसमेत अत्यन्त कमजोर रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद गुज्रिएका चामल लगायत खाद्यवस्तुलाई पुनः प्रशोधन गरी नयाँ प्याकेटमा प्याक गरेर बजारमा बिक्री गर्ने गरेको समेत पुष्टि भएपछि कानुन बमोजिम कारवाही गरिएको उहाँले बताउनुभयो ।

    “आज हामी बजारका ठूला खाद्यान्न पसलको अनुगमन गर्ने भनेर निस्किएका थियौँ । सोही क्रममा मोहित ट्रेडर्समा जनस्वास्थ्यमा गम्भीर लापरवाही गरेको पाइएपछि कानुनअनुसार दण्डित गरेका छौँ”, सहायक प्रजिअ बरालले भन्नुभयो । म्याद गुज्रिएका तथा किराले खाएका खाद्यवस्तु बिक्रीका लागि राखिएको अवस्थामा भेटिएपछि अनुगमन टोलीले त्यस्ता सामग्रीको व्यवस्थापन तथा थप बिक्रीमा रोक लगाएको छ भने रिफाइनिङ मेसिन महानगरले जफत गरेको छ ।

    प्रशासनले बजारका अन्य केही ठूला खाद्य स्टोर्समा समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा खाद्यवस्तुको म्याद, गुणस्तर, भण्डारणको अवस्था, मूल्यसूची, सरसफाइ तथा उपभोक्ता स्वास्थ्यमा पर्नसक्ने जोखिम लगायतका विषयमा निरीक्षण गरिएको प्रशासनले जनाएको छ । दशैँ, तिहार लगायतका ठूला चाडपर्वका समयमा खाद्यवस्तुको माग बढ्ने भएकाले व्यापारीले अनुचित लाभ लिन सक्ने र बजारमा कृृत्रिम अभाव तथा कालोबजारीको सम्भावनालाई ध्यानमा राख्दै नियमित तथा आकस्मिक अनुगमनलाई अझ प्रभावकारी बनाइने सहायक प्रजिअ बरालले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan