Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | (रासस/सिन्ह्वा)

ग्वाङ्झाउ, ५ असोज : दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको थियो। आगलागीपछि उद्धार तथा राहत कार्य तत्कालै सुरु गरिएको थियो ।

घटनास्थलमा उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् । आगलागीको कारणबारे भने तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan