Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | (रासस/सिन्ह्वा)

इस्लामाबाद, ४ असोज : पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा पाँच जना लडाकु मारिएका छन् भने २३ जना अपहरित नागरिकको उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ ।

सेनाको सञ्चार तथा जनसम्पर्क शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार शुक्रबार राति कलात नजिकै पाकिस्तान हाइवे (एन–२५) मा लडाकुहरूले यात्रुहरूलाई अपहरण गरी फिरौती असुल्ने, रकम उठाउने तथा सवारीसाधन कब्जा गर्ने उद्देश्यले अवैध चेकपोस्ट स्थापना गर्न खोजेका थिए ।

लडाकुहरूको गतिविधिबारे जानकारी पाएपछि सुरक्षा बलले तत्काल कारबाही अघि बढाएको थियो । त्यस क्रममा भएको गोली हानाहानमा पाँच जना लडाकु मारिएको आईएसपीआरले जनाएको छ ।

सुरक्षा बलले त्यसपछि लडाकुहरूको एउटा आश्रयस्थलमा छापा मारेर २३ जना अपहरित नागरिकलाई सकुशल उद्धार गरेको थियो ।

कारबाहीका क्रममा लडाकुहरूले कब्जामा लिएका भनिएका ६ वटा ट्रक, ३ वटा बस र २ वटा कार समेत बरामद गरिएको सेनाले जनाएको छ ।

त्यसैगरी, सुरक्षा बलले ठूलो परिमाणमा हतियार, गोलीगठ्ठा तथा विस्फोटक पदार्थ पनि बरामद गरेको जनाएको छ ।

सेनाका अनुसार घटनापछि आसपासका क्षेत्रमा थप लडाकुहरूको खोजी तथा सुरक्षा कारबाही जारी छ ।

रणनीतिक महत्वको उक्त राष्ट्रिय राजमार्गमा स्थानीय बासिन्दा तथा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न र यातायात सञ्चालनलाई सुरक्षित बनाउन सुरक्षा बलले निगरानी तथा खोजी अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan