Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | (रासस/सिन्ह्वा)

तेहरान, ४ असोज : इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु आफ्नो 'कानुनी अधिकार' भएको दाबी गरेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार राज्य सञ्चालित टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा न्यूयोर्कमा हुने महासभा अधिवेशनमा इरानको सहभागिता कुनै देशले प्रदान गर्ने सुविधा वा अनुग्रह नभएको बताउनुभएको हो ।

“न्यूयोर्कमा उपस्थित हुनु इरानी प्रतिनिधिका लागि विशेष आकर्षणको विषय होइन। तर यो त्यस्तो महत्वपूर्ण मञ्च हो, जसलाई हामीले छाड्नु हुँदैन,” बघाईले भन्नुभयो ।

उहाँका अनुसार महासभामा सहभागी हुनु इरानको कानुनी अधिकार हो। उहाँले इरान संयुक्त राष्ट्रसंघका ५० संस्थापक सदस्य राष्ट्रमध्ये एक रहेको पनि उल्लेख गर्नुभयो ।

बघाईले इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनबाट रोक्न 'अर्को पक्ष' ले विभिन्न उपाय अपनाइरहेको आरोप लगाए।

यस्तो 'अवरोध र नकारात्मक प्रचार' ले इरानलाई महासभामा आफ्नो धारणा राख्ने अधिकारबाट पछि हट्न बाध्य नपार्ने उहाँले बताउनुभयो।

उहाँले महासभामा सहभागी भएर इरानी जनताको धारणा र देशको अडान अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नु आफूहरूको दायित्व भएको समेत बताउनुभयो।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयले बिहीबार इरानको 'मुख्य प्रतिनिधिमण्डल'  लाई यूएनजीएमा सहभागी हुन भिसा जारी गर्ने जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यो निर्णय संयुक्त राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा अमेरिकाको दायित्वअनुसार गरिएको हो।

अमेरिकी पक्षले यस वर्षको इरानी प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan