Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | (रासस-एएफपी)

तेहरान, ५ असोज  : इरानको रिभोलुसनरी गाड्र्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा उनीहरूले नयाँ लक्ष्यहरूमा प्रहार गर्ने तथा नयाँ हतियारहरू तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ । 

युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङ्टनबीच गतिरोध कायमै छ, यद्यपि कुनै पनि पक्ष पूर्ण–स्तरको युद्धमा फर्कन भने इच्छुक देखिँदैनन् ।

इरानी सेनाको वैचारिक अङ्ग मानिने इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स का प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै बताउनुभयो, “अमेरिकाबाट नयाँ आक्रमण भएमा हाम्रो प्रतिरक्षा र जवाफी कारबाहीमा पक्कै पनि महत्त्वपूर्ण परिवर्तनहरू हुनेछन् ।”

हामी युद्धभूमिमा नयाँ क्षमता भएका थप हतियारहरू भित्राउनेछौँ र यसले विश्वलाई चकित पार्नेछ उहाँले थप्नुभयो ।

आफ्ना लक्ष्यहरू पनि पहिले जस्तै नहुने बताउँदै आफुसँग अहिले सम्म आक्रमण नगरिएका नयाँ लक्ष्यहरू रहेको बताउँदै गाड्र्सले आफूहरू दीर्घकालीन युद्ध का लागिसमेत तयार रहेको पनि बताउनुभयो । 

सरकारी टेलिभिजनका अनुसार, शनिबार इरानी सेनाको केन्द्रीय कमाण्डले अमेरिकाले तेहरानविरुद्ध नयाँ कारबाहीको योजना बनाइरहेको बताएको थियो, तर यसको विस्तृत विवरण भने दिइएको थिएन ।

गत महिनाको अन्त्यमा तनाव बढेपछि हालका दिनहरूमा अमेरिका र इरानबीचको लडाइँ केही मत्थर भएको छ, यद्यपि तेहरानले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमाथि छिटपुट आक्रमणहरू जारी राखेको छ ।

दुवै पक्षले दबाब सिर्जना गर्ने प्रयासमा उक्त जलमार्गमा एक–अर्का विरुद्ध नाकाबन्दी कायम राखेका छन् ।

हाल युद्ध यमनसम्म फैलिएको छ; त्यहाँ इरान–समर्थित हुथी विद्रोहीहरूले साउदी–समर्थित सरकारबाट थप भूभाग आफ्नो नियन्त्रणमा लिएका छन्  भने राजधानी रियाद लगायत साउदीका विभिन्न लक्ष्यहरूमा आक्रमणहरू गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan