Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेस १५औँ महाधिवेशनः ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | (रासस)

काठमाडौँ, ५ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन आज सकिएको जानकारी दिनुभयो ।

    धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वटा वडा, नवलपरासी क्षेत्र नम्बर २, डडेल्धुराका चार वटा वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाको अधिवेशन अन्तिम चरणमा रहेका उहाँले जानकारी दिनुभयो । 

    रसुवा, धादिङ, नुवाकोट तथा असोज ५ गते सम्पन्न हुन बाँकी रहेका वडाहरूको अधिवेशन असोज ६ गते मङ्गलबार पनि जारी रहने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan