Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

काठमाडौँ, ६ असोजः नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ ।

पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले यही असोज ९ गतेदेखि १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गर्न लागिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने प्रतिष्ठानले जनाएको छ ।
  
प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका अतिरिक्त निजी प्रकाशन गृह, पुस्तक वितरक तथा सम्बन्धित संस्थाहरूलाई समेत कक्ष राखी आफ्ना प्रकाशन तथा पुस्तक प्रदर्शनी तथा बिक्री–वितरण गर्ने अवसर प्रदान गरिने जानकारी दिइयो ।

 उक्त प्रदर्शनीमा सहभागी हुन चाहने इच्छुक प्रकाशन गृह तथा संस्थाहरूलाई सहभागिताका लागि प्रतिष्ठानले आह्वान गरेको छ । सहभागिताका लागि इच्छुक प्रकाशन गृह/संस्थाहरूले असोज ७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । 

इच्छुक प्रकाशन गृह÷संस्थाले आफ्नो नाम, ठेगाना, सम्पर्क व्यक्ति, सम्पर्क नम्बर तथा इमेल ठेगाना खुल्ने गरी निवेदन पेस गर्नुपर्नेछ । प्रतिष्ठानका अनुसार, प्रदर्शनी कक्षमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तक प्राथमिकताका साथ राख्न सकिने छ ।
 
प्रत्येक सहभागी प्रकाशन गृह/संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा प्रतिष्ठानले निःशुल्क कक्ष उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan