Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश सरकारद्वारा दार्चुलाका विपद् प्रभावितलाई राहत सामग्री प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस)

सुदूरपश्चिम, ६ असोजः  सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँका विपद्पीडितलाई राहत सामग्री प्रदान गरेको छ । 

    धनगढीमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले आज स्थानीय जनप्रतिनिधिलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो । प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न प्रदेश सरकारले ५० थान कम्बल, ४० थान टेन्टलगायत आवश्यक सामग्री हस्तान्तरण गरेको मन्त्रालयको विपद् शाखाका जनक धामीले जानकारी दिनुभयो ।
    
    सामग्री हस्तान्तरण गर्दै कानुनमन्त्री थारुले प्रभावित नागरिकलाई तत्काल अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको र  आवश्यकताअनुसार थप सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सरकार बाढी तथा सबै प्रकारका विपद् प्रभावित नागरिकको साथमा रहेको बताउनुभयो  । मन्त्री थारुले प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणका पूर्वतयारीलगायत काममा स्थानीय तथा सङ्घीय सरकारसँग मिलेर विविध कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

    केही दिनअघि मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्तीमा जमिन निरन्तर धसिँदा स्थानीय विस्थापित भएको भन्दै बस्ती पुनःस्थापनाको माग गर्दै गाउँपालिका र स्थानीयवासीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan