नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | (रासस)
काठमाडौँ, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र युगाण्डाका विदेशमन्त्री एडोनिया अयेबारेबीच आज साइडलाइनमा भेटवार्ता भएको छ ।
न्यूयोर्कमा जारी महासभाको उच्चस्तरीय छलफलका क्रममा भएको भेटमा युगाण्डाका विदेशमन्त्री अयेबारेले आगामी असंलग्न आन्दोलन (नाम) को मन्त्रीस्तरीय बैठक सम्बन्धमा परराष्ट्रमन्त्री खनाललाई जानकारी गराउनुभएको थियो ।
भेटवार्ताका क्रममा दुवै पक्षबीच ‘नाम’का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठकका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
