Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुक्तिनाथ विकास बैंक र केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टबीच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |
newsabhiyan

काठमाडौं, ६ असोज । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमाव् यावसायिक सम्झौता गरेको छ ।

उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टअन्तर्गतका काठमाडौंमा स्थित मायामनोर बुटिक होटल, पोखरामा स्थित वाटरफ्रन्ट रिसोर्ट र  हिर्मालयन फ्रन्ट रिसोटमा विभिन्न सेवाहरुमा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने छ ।

उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेश गर्नु पर्नेछ वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

साथै मुक्तिनाथ विकास बैंकले आधार दरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने Auto Loan सञ्चालनमाल् याएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan