Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

काठमाडौँ, ६ भदौः जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ । योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुङ्गीएको छ ।

यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला भलिबलतर्फ ११औँ स्थान प्राप्त गरेको थियो । 
 
जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा आज भएको खेलमा नेपाल मङ्गोलियासँग ३–० सोझो सेटमा पराजित भएको हो । मङ्गोलियाले पहिलो सेट २५–२३ अङ्कले जित्यो । मङ्गोलियाले दोस्रो सेट २५–१७ अङ्क तथा तेस्रो सेट २५–१३ अङ्कले जित्यो ।

प्रतियोगितामा नेपालले पाँचवटा खेल खेलेको थियो । जसमध्ये एउटामा जित तथा चारवटामा पराजित भयो ।

समूह चरणको खेलमा  नेपाल जापान र इन्डोनेसियासँग पराजित भएको थियो भने त्यसपछि नवौँदेखि १४औँ स्थानका लागि भएका खेलमा नेपालले कजाकिस्तानलाई मात्र पराजित गर्न सफल भएको थियो । हङकङसँगको खेलमा नेपाल पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan