साइरालाई दोहोरो स्वर्ण
एभीएम टेबलटेनिस क्लबकी साइरा शाक्यले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा मंगलबार दोहोरो स्वर्ण जितेकी छन् । साइराले यु–१३ र यु–१७ गल्र्स सिंगल्समा स्वर्ण जितेकी हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–१३ मा एभीएमकी काभ्या शाक्य दोश्रो तथा एभीएमकी अर्सना महर्जन र स्ट्याग च्याम्पियन्स टेबलटेनिस क्लबकी प्राज्ना महर्जन तेश्रो भए । यु–१७ मा यल स्पोर्ट्स एकेडेमीकी पमेला जोशी दोश्रो तथा स्ट्यागका सुम्य शाक्य र प्राज्ना महर्जन तेश्रो बने ।
नेपाल टेबलटेनिस प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको यु–१३ ब्वाइजमा यलका रिभान वज्राचार्य प्रथम, एभीएमका स्वर्णिम शाक्य द्वितीय तथा बनेपाका मिराज तामाङ र स्ट्यागका कृतन श्रेष्ठ तृतीय स्थानमा रहे ।

