Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रसिन र इभानालाई स्वर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
newsabhiyan

काठमाडौं । एभीएम टेबलटेनिस क्लबकाद्वय रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा बुधबार स्वर्ण जितेका छन् । यु–२१ सिंगल्सको ब्वाइजमा रसिन र गल्र्समा इभानाले स्वर्ण जितेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु–२१ ब्वाइज सिंगल्समा नेपाल प्रहरीका गनन्जय दाहाल दोश्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेश्रो भए ।

यु–२१ गल्र्स सिंगल्समा एभीएमकी वियंका राई दोश्रो तथा एभीएमकै आस्मा पहरी र साइरा शाक्य तेश्रो   बने ।

नेपाल टेबलटेनिस प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज सिंगल्समा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण, यलका रिजन शाक्यले रजत तथा स्ट्याग च्याम्पिन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कांस्य जिते ।

दुईदिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१३ र यु–१७ गल्र्स सिंगल्समा साइरा शाक्य तथा यु–१३ ब्वाइज सिंगल्समा रिभानमुनि वज्राचार्यले स्वर्ण जितेका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan