Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस)

नारायणगढ (चितवन), २९ असोजः चितवनको भरतपुर महानगरपालिका-१  स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ ।

    नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो भने उनका आमा र भाइ बेपत्ता रहेकामा हिजो र आज दिनभरि खोजी गर्दा पनि अवस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बुधबार साँझ नदीमा खुट्टा धुने क्रममा खैरहनी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१२ मुनालचोकस्थित माइत बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा, उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेल र छ वर्षीय छोरा प्रसिद्ध पौडेल डुबेका थिए ।

    घटनाबारे स्थानीयले जानकारी गराएलगत्तै विपद्सहितको उद्धार टोली परिचालन गरिएको थियो । टोलीले प्रसिद्धिलाई उद्धार गरेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । सशस्त्र प्रहरीको गोताखोरको टोली र नेपाल प्रहरीले बेपत्ता आमा र छोराको खोजी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan