Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |

हुम्ला,  ३० असोजः नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर सिंहसहित २३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।
 
उक्त दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

प्रहरी सेवामा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्यसम्पादन गरेकोमा उहाँहरुलाई पुरस्कार र सम्मान गरिएको हो ।  त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी गुरागाईंले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै नागरिकलाई सरल र सहजरुपमा सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । 

     निष्पक्षता, इमानदारी र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न सुझाव दिँदै उहाँले प्रहरीको व्यवहार र सेवाले नै सङ्गठनप्रतिको नागरिकको विश्वास निर्धारण गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले कानुनभन्दा माथि कोही पनि नरहेकाले कानुनको पालना र कार्यान्वयनमा सबैमा समान व्यवहार गर्न सम्पूर्ण प्रहरी जनशक्ति प्रतिबद्ध रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan