Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाजामा पहुँच खोल्न चीनको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | रासस

बाकु, ३० असोज 
चीनले इजरायललाई गाजा पट्टीमा मानवीय सहायता तथा अन्य सामग्रीको पहुँच पूर्ण रूपमा खुला गर्न र वेस्ट ब्याङ्कमा बस्ती विस्तार रोक्न आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्यालेस्टिनी समस्याको समाधानका लागि दुई–राज्य समाधान नै उपयुक्त मार्ग भएको बताउनुभएको छ ।

    अजरबैजानको बाकुमा एसियामा अन्तरक्रिया तथा विश्वास निर्माणका उपायसम्बन्धी सातौँ सम्मेलनका अवसरमा बिहीबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा वाङले गाजाका करिब २० लाख सर्वसाधारणलाई मानवीय सङ्कटबाट जोगाउन तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभएको चिनियाँ पक्षले जनाएको छ ।

    वाङले वेस्ट ब्याङ्कमा बस्ती स्थापना तथा विस्तार रोक्न र त्यस्ता कदम फिर्ता लिन आग्रह गर्दै इजरायली र प्यालेस्टिनी दुवै जनतालाई शान्तिपूर्वक बाँच्ने र स्वतन्त्र राज्य स्थापना गर्ने अधिकार रहेको बताउनुभयो । उहाँले मध्यपूर्वमा स्थायी शान्तिका लागि वार्ता र राजनीतिक समाधान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    चीनले क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

    भेटमा राष्ट्रपति हर्जोगले विज्ञान तथा प्रविधि, लगानी र जनस्तरको आदानप्रदानमा चीनसँग सहकार्य विस्तार गर्ने इजरायलको इच्छा व्यक्त गर्नुभयो । उहाँले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याउँदै क्षेत्रीय शान्ति र स्थिरताका लागि बेइजिङसँग संवाद कायम राख्न आफ्नो देश इच्छुक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan