करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार १० लाख रुपैयाँ, १६ जनालाई पनि पुरस्कार
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मको अवधिका लागि १६ जना नियमित उपहार विजेता र एक जना बम्पर उपहार विजेता घोषणा गरिएको छ। कार्यक्रमअन्तर्गत बम्पर उपहार विजेताले १० लाख रुपैयाँ र अन्य १६ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्ने भएका छन्।
आज कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले विजेता कुपन नम्बर घोषणा गरेका हुन्। घोषणाअनुसार १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहारका लागि कुपन नम्बर ०८१६३२५१५८४९ छनोट भएको छ।
त्यसैगरी, १ लाख ३३ हजार ३३४ रुपैयाँको उपहारका लागि १६ वटा कुपन नम्बर छनोट गरिएको छ। विजेता कुपन नम्बरहरूमा ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४ र ०९०५७४८२३८५० रहेका छन्।
यसैगरी, कुपन नम्बर ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ पनि उपहारका लागि छनोट भएका छन्।
सरकारले उपभोक्तामा खरिद गर्दा अनिवार्य रूपमा बिल बिजक अर्थात् भ्याट बिल लिने संस्कृतिको विकास गर्ने तथा आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रमअन्तर्गत एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले बिल लिएर उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ। यस कार्यक्रमले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नुका साथै कर प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

