Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान  

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | (रासस)

जनकपुरधाम, २ कात्तिकः जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि चढाइएको  छ ।  

    बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार एवं भाकल गरेकाहरूले बोका बलि प्रदान गरेका  हुन् । 

    बोका बलि दिने कामलाई व्यवस्थित बनाउन सो युवा कमिटीले मन्दिर परिसरमा चार स्थानमा बलि दिन सकिने व्यवस्था मिलाएको थियो । अघिल्लो वर्ष २०८२ सालको विजयादशमीमा १४ हजार ९०३ वटा बोका बलि प्रदान गरिएको थियो । 

    बोका बलि सुरु हुनुअघि राममन्दिरका पुजारी महन्तराम गिरीले निशा पूजा गर्नुभएको थियो । महाअष्टमीको रात राजदेवी मन्दिर माताको दर्शन तथा पूजाआजाका लागि भारतबाट पनि श्रद्धालुहरु आउने गरेको अध्यक्ष साहले जानकारी दिनुभयो ।  

    मन्दिरमा दर्शनार्थीको चाप बढ्ने भएकाले भक्तजनलाई सहज रूपमा पूजाआजा र दर्शन गर्ने वातावरण मिलाउन आवश्यक तयारी गरिएको अध्यक्ष साहले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले चाडपर्वका बेला हुने भीडभाड व्यवस्थापन तथा सुरक्षा अवस्थालाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार चाडपर्वलाई ध्यानमा राखेर लामो दूरीका सवारीसाधनमा जाँच, नियमित गस्ती तथा बैङ्क एवं वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि जिल्लाभर विशेष सुरक्षा कार्ययोजना लागू गरिएको छ ।

    यस वर्षको बडादसैँमा धनुषा जिल्लामा ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, सातवटा बजार अनुगमन टोली, सातवटा विशेष अपरेसन टोली, १५ वटा विपद् प्रतिकार्य टोली तथा १३ वटा गाडी र मोबाइल टोली परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan