Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |

काठमाडौं । शिक्षक सेवा आयोगले आफ्नो अठारौँ वार्षिक प्रतिवेदन, २०८३ शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष पेश गरेको छ।

आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो।

आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादन भएका प्रमुख कार्यहरू, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशालाई प्रतिवेदनमा समेटिएको छ।

साथै आयोगका समग्र गतिविधि, कार्यप्रगति तथा हासिल भएका उपलब्धिहरूको विवरणसमेत प्रस्तुत गरिएको छ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिवहरू, प्रशासकीय प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan