Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, पहिलो चरणमा ८९ विद्यालय छनोट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |
newsabhiyan

काठमाडौं । सरकारले देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। योजनाको पहिलो चरणमा ८९ विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाइएको हो। यसअन्तर्गत छनोट भएका विद्यालयमा १२ कोठे तीनतले आधुनिक भवन निर्माण गरिनेछ। भवनमा व्यवस्थित कक्षाकोठासँगै प्रयोगशाला र पुस्तकालयको सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागतमा निर्माण हुने भवनले विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण तयार गर्न सहयोग पुर्‍याउनेछ।

मधेश प्रदेशका सबैभन्दा बढी विद्यालय छनोट

पहिलो चरणमा छनोट भएका ८९ विद्यालयमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ३३ विद्यालय परेका छन्। त्यसपछि लुम्बिनी प्रदेशका २१ र कोशी प्रदेशका १८ विद्यालय छनोट भएका छन्।

त्यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशका ६–६, कर्णाली प्रदेशका तीन तथा बागमती प्रदेशका दुई विद्यालय छनोट भएका छन्।

मन्त्रालयका अनुसार मधेश प्रदेशको साक्षरता दर, शैक्षिक सूचकांक तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा थप ध्यान दिनुपर्ने भएकाले उक्त प्रदेशलाई प्राथमिकता दिइएको हो। लुम्बिनी प्रदेशमा रुपन्देहीका आठ र दाङका छ विद्यालय समावेश छन् भने कोशी प्रदेशमा झापा र मोरङका छ–छ विद्यालय परेका छन्।

प्रदेशगत रूपमा छनोट भएका विद्यालय

पहिलो चरणमा छनोट भएका विद्यालयको प्रदेश तथा जिल्लागत विवरण निम्नानुसार छ।

१. कोशी प्रदेश — १८ विद्यालय

* उदयपुर: त्रियुगा नमुना माध्यमिक विद्यालय, त्रिवेणी माध्यमिक विद्यालय
* झापा: धुलाबारी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालय, देवी माध्यमिक विद्यालय, महेन्द्र रत्न माध्यमिक विद्यालय, कन्काई माध्यमिक विद्यालय, मोहनमाया माध्यमिक विद्यालय
* ताप्लेजुङ: भानु माध्यमिक विद्यालय
* पाँचथर: फिदिम माध्यमिक विद्यालय
* मोरङ: साजीलाल माध्यमिक विद्यालय, राधिका माध्यमिक विद्यालय, पञ्चायत माध्यमिक विद्यालय, सुकुना माध्यमिक विद्यालय, पोखरिया माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय
* सुनसरी: जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय, पब्लिक हाई स्कुल

२. मधेश प्रदेश — ३३ विद्यालय

* धनुषा: शंकट मोचन देवशरण माध्यमिक विद्यालय, जनता मोडेल माध्यमिक विद्यालय, विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय, गोगलप्रसाद नमुना माध्यमिक विद्यालय, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय
* पर्सा: नरसिंह माध्यमिक विद्यालय, त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय, जिल्ला उचाङ्गाल रामदेव–कलवार माध्यमिक विद्यालय, माइस्थान विद्यापीठ माध्यमिक विद्यालय
* बारा: नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय, दुर्गा माध्यमिक विद्यालय, गौरीशंकर माध्यमिक विद्यालय, गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय, श्री ३ चन्द्र माध्यमिक विद्यालय
* महोत्तरी: भेरुखी माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, महेन्द्र रा. माध्यमिक विद्यालय
* रौतहट: सरस्वती माध्यमिक विद्यालय, कटहरिया माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय सोनरनिया, जुद्ध माध्यमिक विद्यालय, नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय, रामचन्द्र माध्यमिक विद्यालय, नमुना माध्यमिक विद्यालय वरगजवा, जनज्योति माध्यमिक विद्यालय, जयकिसन माध्यमिक विद्यालय, माध्यमिक विद्यालय पथरा बुधराम, सरस्वती माध्यमिक विद्यालय
* सर्लाही: नारायण माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय, बेनीभोला मोडेल माध्यमिक विद्यालय
* सिरहा: मोहन माध्यमिक विद्यालय, चन्द्र माध्यमिक विद्यालय

३. बागमती प्रदेश — २ विद्यालय

* काठमाडौं: गान्धी माध्यमिक विद्यालय
* चितवन: नारायणी नमुना माध्यमिक विद्यालय

४. गण्डकी प्रदेश — ६ विद्यालय

* कास्की: अमरसिंह माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, छोरेपाटन माध्यमिक विद्यालय
* नवलपरासी पूर्व: जनक माध्यमिक विद्यालय, भीमसेन आदर्श माध्यमिक विद्यालय
* तनहुँ: सत्यवती माध्यमिक विद्यालय

५. लुम्बिनी प्रदेश — २१ विद्यालय

* कपिलवस्तु: नेपाल आदर्श माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय
* दाङ: पद्मोदय पब्लिक माध्यमिक विद्यालय, माध्यमिक विद्यालय रजेना, माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, सिद्ध रत्न माध्यमिक विद्यालय, गुरु जजुर माध्यमिक विद्यालय, बाल विकास माध्यमिक विद्यालय
* पाल्पा: रामतुलसी माध्यमिक विद्यालय
* बाँके: त्रिभुवन माध्यमिक विद्यालय, धम्बोझी माध्यमिक विद्यालय, मङ्गलप्रसाद माध्यमिक विद्यालय
* रुपन्देही: कालिका मानव ज्ञान माध्यमिक विद्यालय, नवीन औद्योगिक रिता माध्यमिक विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, कान्ति भैरम माध्यमिक विद्यालय, पब्लिक माध्यमिक विद्यालय, रामापुर माध्यमिक विद्यालय, सैनामैना माध्यमिक विद्यालय, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय
* रोल्पा: बालकल्याण माध्यमिक विद्यालय

६. कर्णाली प्रदेश — ३ विद्यालय

* जुम्ला: चन्दननाथ माध्यमिक विद्यालय
* सुर्खेत: अमरज्योति माध्यमिक विद्यालय, जन माध्यमिक विद्यालय

७. सुदूरपश्चिम प्रदेश — ६ विद्यालय

* कञ्चनपुर: महेन्द्रनगर माध्यमिक विद्यालय
* कैलाली: त्रिनगर माध्यमिक विद्यालय, दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय, कर्णाली माध्यमिक विद्यालय
* दार्चुला: महेन्द्र मोडल माध्यमिक विद्यालय
* बाजुरा: मालिका माध्यमिक विद्यालय

सामुदायिक शिक्षाको गुणस्तर सुधार्ने लक्ष्य

सरकारले ठूला सामुदायिक विद्यालयको पूर्वाधार सुधारमार्फत विद्यार्थीको चाप व्यवस्थापन, सिकाइ वातावरणको स्तरोन्नति र सामुदायिक शिक्षाप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउने लक्ष्य राखेको छ।

आधुनिक भवन, प्रयोगशाला र पुस्तकालय निर्माणले विद्यालयको भौतिक अवस्था सुधार्नुका साथै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। योजनाले विद्यार्थीलाई केन्द्रमा राख्दै शिक्षकको सम्मान र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ।

सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि पहिलो चरणमा निकासा भएको बजेटबाट निर्माण कार्य अघि बढाइनेछ भने बाँकी विद्यालयको छनोट तथा कार्यान्वयन प्रक्रिया पनि योजनाअनुसार अगाडि बढाइने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan