Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | रासस
newsabhiyan

 दमौली (तनहुँ), १९ कात्तिक ः0: तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ । 

    जीविकोपार्जन पुनस्र्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका २२ कृषकलाई व्यावसायिक बाख्रापालन तालिम दिइएको हो । 

    भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा सम्बन्धित क्षेत्रका विज्ञबाट बाख्रापालनको व्यावसायिक व्यवस्थापन, पशु स्वास्थ्य तथा हेरचाह, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो ।

    आयोजनाले प्रभावित परिवारको जीविकोपार्जन पुनस्र्थापना तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै हालसम्म ३८ वटा कार्यक्रम सञ्चालन गरिसकेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । 

    ती कार्यक्रमबाट आयोजना प्रभावित परिवारका ७७६ जना लाभान्वित भएका छन् । आयोजनाबाट इलेक्ट्रिसियन, प्लम्बिङ, सिलाइकटाइ, मौरीपालन, बाख्रापालन, बङ्गुरपालन, तरकारीखेती, निर्वाहमुखी कृषि तथा हलुका सवारी चालकसम्बन्धी तालिमलगायत विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गरिसकेको छ ।

    आयोजनाको जीविकोपार्जन पुनस्र्थापना योजनाअनुरूप प्रभावित परिवारको सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवद्र्धनमार्फत आर्थिक आत्मनिर्भरता र दिगो जीविकोपार्जन सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan