Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा सयपत्री पुष्प मेला सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | रासस
newsabhiyan

 कास्की, १९ कात्तिकः  पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । 

    फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उद्घाटन गर्नुभएको हो । 

    यही कात्तिक २३ गतेसम्म पोखरा रङ्गशालास्थित खेलमैदानमा सञ्चालन हुने मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीमा राखिनेछ । तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास गरिएको छ ।

    स्थानीय फूल उत्पादक कृषकलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।  

    कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले पुष्प व्यवसायलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवद्र्धनमा लाग्न कृषक र व्यवसायीलाई सुझाव दिनुभयो ।

    “पोखरामा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना छ । स्थानीय उत्पादन वृद्धि गर्दै फूलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्छ । उत्पादनको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,” नगर प्रमुख आचार्यले भन्नुभयो । 

    महानगरका अनुसार पोखरामा करिब २०० रोपनीमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन र कृषकको आम्दानी वृद्धि गर्न महानगरपालिकाले आवश्यक सहयोग गरेपछि कृषक व्यावसायिक पुष्पखेतीमा आकर्षित छन । 

    कार्यक्रममा पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकलाई प्रोत्साहन गर्दै पुष्प व्यवसायीका लागि सुरक्षित र व्यवस्थित बजार सुनिश्चित गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । 

    उहाँले पोखरामा वार्षिक रु तीन करोड बराबरको फूलको कारोबार हुने अनुमान रहेको उल्लेख गर्दै यस व्यवसायले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र कृषि उद्यमशीलतामा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । पुष्प उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन कृषक तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

    मेलामा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका पुष्पजन्य उत्पादनको प्रदर्शनी, बिक्रीवितरण गरिने आयोजकले जनाएको छ ।  मेलाले पुष्प व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन तथा फूलप्रति आम नागरिकको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

    एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार  तिहार तथा छठ पर्वका अवसरमा सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूल उत्पादन र बिक्री वितरणमा आबद्ध छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan