Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसिया कप राइजिङ स्टार्सः युएईविरुद्ध नेपाल ‘फिल्डिङ’मा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |

काठमाडौँ, ६ मङ्सिरः कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस जितेर ‘फिल्डिङ’ रोजेको छ ।

नेपाल र युएईबीचको खेल दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा भइरहेको छ । जारी प्रतियोगितामा दुईवटै टोली पहिलो जितको आफ्नो पक्षमा पार्ने सोचमा छन् । नेपालले पहिलो खेलमा भारत ‘ए’ र युएईले पाकिस्तान ‘ए’ सँग हार व्यहोरेको थियो ।

पहिलो खेलमा नेपालले निकै खराब प्रदर्शन गरेको थियो । त्यस खेलमा भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भयो । उक्त खेलमा नेपालले ३०६ रनको फराकिलो पराजय व्यहोरेको थियो ।

नेपाल सानदार पुनरागमन गर्दै युएईलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । उक्त प्रतियोगितामा आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले समूह चरणमा पाकिस्तान ‘ए’ विरुद्ध पनि खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan