Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |

काठमाडौँ, ६ मङ्सिर : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्ने क्रममा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध ६ विकेटको जित निकालेको हो ।

    नेपालले पहिलो खेलमा भारत ‘ए’ विरुद्ध ३०६ रनको पराजय व्यहोरेको थियो । आज भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै सहज जित निकाल्यो । युएईले दिएको १२२ रनमको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

    नेपालको जितमा ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा छ चौका र एक छक्कासहित ५६ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा कुशलको यो दशौँ अर्धशतक हो ।

    यसैगरी मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रनको योगदान दिए । युएईका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई तथा उद्देश सुरी र अङ्श टन्डनले समान १–१ विकेट लिए ।

    त्यसअघि दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।  उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । युएईका बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

    नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन तथा राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १–१ विकेट लिए ।  

    यो जितपछि नेपालले महत्वपूर्ण २ अङ्क जोडेको छ । नेपाल अहिले समूह ‘बी’ तालिकामा २ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan