Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार | (रासस/सिन्ह्वा)

गाजा, ६ मङ्सिर : इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको जनाएको छ । तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७५ हजार बस्नै नमिल्ने अवस्थामा पुगेका छन् ।

मन्त्रालयका अनुसार गाजा क्षेत्रका करिब ८० प्रतिशत भवनमा क्षति पुगेको छ भने समग्र पूर्वाधारको करिब ९० प्रतिशत नष्ट भएको छ ।

आवासको तत्काल आवश्यकता रहेका तीन लाख ५० हजार परिवारमध्ये दुई लाख ७० हजार परिवार तीन वर्षभन्दा लामो समयदेखि आधारभूत सुविधाविनै पालमा बस्दै आएका छन् ।

वर्षायाम सुरु भएसँगै सात हजार ५०० परिवार बाढीको जोखिममा रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये दुई हजार ५०० परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसम थप गम्भीर हुनुअघि करिब दुई लाख पुराना तथा जीर्ण पाल तत्काल विस्थापित गरी नयाँ पाल उपलब्ध गराउनुपर्ने आवश्यकता छ ।

यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई आवास सामग्री आपूर्तिका लागि विशेष मानवीय सहायता मार्ग स्थापना गर्न आग्रह गरेको छ ।

त्यस्तै, भग्नावशेष हटाउन र सडक पुनः सञ्चालन गर्न आवश्यक भारी उपकरण, इन्धन तथा स्पेयर पाट्र्स गाजामा भित्र्याउन पनि उसले माग गरेको छ ।

मन्त्रालयले प्रभावित नागरिकको सम्पत्ति अधिकार सुरक्षित हुने गरी पारदर्शी तथ्याङ्कमा आधारित स्थायी आवास पुनर्निर्माण कार्यक्रम सञ्चालन गर्नसमेत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan