Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार | (रासस/एएफपी)

विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस जलवायु सम्झौताको लक्ष्य कार्यान्वयन गर्ने विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन अन्योलपूर्ण अवस्थामा टुङ्गिएको छ ।

    जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का आगामी वैज्ञानिक प्रतिवेदन प्रकाशनको समयतालिकाबारे साउदी अरेबिया, भारत र केन्याले असहमति जनाएपछि वार्तामा थप विवाद भएको हो । सन् २०२८ मा हुने उत्सर्जन न्यूनीकरण प्रयासको समीक्षाअघि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने युरोप, अफ्रिका र प्रशान्त क्षेत्रका राष्ट्रहरूको माग छ ।

    मस्यौदामा तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिमप्रति चिन्ता व्यक्त गरिए पनि त्यसलाई रोक्ने ठोस उपायमा सहमति हुन सकेन । बेलायतकी जलवायु वार्ताकार केट ह्युजले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र सामूहिक महत्वाकांक्षालाई कमजोर बनाएको बताउनुभयो ।

    त्यसैगरी, विकासशील राष्ट्रलाई जलवायु अनुकूलनका लागि सहयोग गर्ने एक खर्ब २० अर्ब अमेरिकी डलरको लक्ष्य मस्यौदाबाट हटाइएपछि असन्तुष्टि बढेको छ । मार्सल टापुकी जलवायु दूत क्याथी जेटनिल–किजिनरले आर्थिक सहयोगबिना जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुने बताउनुभयो ।

    नेपालसहित विश्वका विभिन्न क्षेत्रमा जलवायुजन्य विपद् बढिरहेका बेला उत्सर्जन न्यूनीकरण र प्रभावित राष्ट्रलाई सहयोग गर्ने विषयमा ठोस निर्णय हुन नसक्दा सम्मेलनको समापन निराशाजनक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan