Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | रासस

 

त्रिशूली (नुवाकोट), ८ मङ्सिरः भोटेकोसी बाढीका क्रममा पुगेका भौतिक संरचना क्षतिको पुनर्निर्माणसहित पूर्वाधार विकासका योजना कार्यान्वयन गर्न नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । 

नुवाकोटसहित रसुवा र धादिङलाई सेवा दिने गरेर विदुरमा कार्यालय सञ्चालनमा ल्याएको डिभिजन प्रमुख (सिनियर डिभिजनल इञ्जिनियर) सचिन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले क्षति पुगेका सडक सञ्जाल, पक्की र झोलुङ्गे पुलको पुनर्निर्माण एवं नवनिर्माणसहित यहाँको आवश्यकताका आधार थप योजना कार्यालयले सञ्चालन गर्नेछ ।

“भोटेकोसी बाढीले क्षति पुगेका संरचनाको पुनर्निमाणसहित राष्ट्रिय प्राथमिकता प्राप्त सडक सञ्जालको विकास र स्तरउोन्नति, पक्की र झोलुङ्गे पुल, स्थानीय तहको केन्द्र, सेवा केन्द्र तथा महत्वपूर्ण बस्ती जोड्ने सडक, रणनीतिक कृषि सडक, वैकल्पिक सहायक राजमार्ग, पर्यटकीय पदमार्ग निर्माणको योजनाको तर्जुमा गरेर आवश्यक बजेट सुनिश्चित गराई कार्यालय सञ्चालनमा आएको छ”, डिभिजन प्रमुख यादवले भन्नुभयो, “बाढीले क्षति पुगेका १५ वटा ग्रामीण सडकको पुर्ननिर्माणसहित ५० वटा योजना कार्यान्वयन गर्न अख्तियारी प्राप्त भएको छ ।”

डिभिजन कार्यालय सञ्चालनमा आएसँगै बाढी प्रभावित तीन जिल्लामा १२ वटा वैकल्पिक सहायक राजमार्ग, चार वटा सडक पुल, एक वटा झोलुङ्गे पुल, स्थानीय तहको केन्द्र पुग्नका लागि ११ वटा सडक विस्तार एवं स्तरोन्नतिलगायत कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यस्तै, सडक सुरक्षा र मर्मतसम्भार र सडक पूर्वाधार विकासका लागि यहाँको आवश्यकताअनुसार तत्कालै सात वटा योजना कार्यान्वयमा ल्याउन लागिएको डिभिजन प्रमुख यादवले जानकारी दिनुभयो ।  

 

क्षेत्रीय र प्रादेशिक सन्तुलन कायम गर्दै गुणस्तरीय वातावरणमैत्री, दिगो एवं उत्थानशील पूर्वाधारको विकास गरेर पूर्वाधार विकासमा विद्यामान असमानता न्यूनीकरण गर्नका लागि सङ्घीय सरकारले गत असोज १३ गते गरेको निर्णयअनुसार नुवाकोटसहित देशभरका विभिन्न स्थानमा २१ वटा डिभिजन कार्यालय स्थापना गर्न लागिएको छ । कार्यालयले तीनैतहमा रहेका सरकारबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्दै विकासको प्रतिफल विपन्न वर्गसम्म पु¥याइ जनताका जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने लक्ष्यसहित मन्त्रिपरिषद्ले डिभिजन कार्यालयको जिल्ला तहमा विस्तार थालेको हो । 

 

कार्यालय स्थापना भएसँगै बजेट तथा कार्यक्रमसहित प्राप्त भएको जिम्मेवारीअनुसार रसुवा, नुवाकोट र धादिङमा योजना कार्यान्वयनमा अघि बढेको डिभिजन प्रमुख यादवको भनाइ छ । कार्यालयले प्रवाह गर्ने सेवाअन्तर्गत कार्यक्षेत्रभित्रका आवश्यकताको पहिचान र प्राथमिकता निर्धारण, सम्भाव्यता अध्ययन, सर्वेक्षण, विस्तृत परियोजना प्रतिवेदन, डिजाइनसहित लागतको अनुमान, गुणस्तर परीक्षणमा भूमिका निर्वाह गर्ने उल्लेख छ । 

––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan