Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनेसासको अध्यक्षमा पाण्डेय निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | रासस

 

वासिङ्गटन डिसी (अमेरिका), ८ मङ्सिरः प्रवासमा रहेका नेपाली भाषा र साहित्यको क्षेत्रका क्रियाशील साहित्यकारको संस्था अन्तरराष्ट्रिय साहित्य समाज अनेसासको बोर्ड अफ ट्रष्टीको अध्यक्षमा तीर्थराज पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

निर्वाचन समितिले सोमबार जारी गरेको सूचनाअनुसार उपाध्यक्षमा राम खत्री, महासचिवमा प्रकाश नेपाल र कोषाध्यक्षमा नेत्रबन्धु पोख्रेल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा ईश्वरी भट्ट, सन्ध्या पहाडी र नीलकण्ठ सुवेदी निर्वाचित हुनुभएको छ । निर्वाचित समितिको चार वर्षे कार्यकाल रहने विधानमा व्यवस्था छ ।

 

अध्यक्ष पाण्डेयले निर्वाचित भएपछि राससलाई प्रतिक्रिया दिँदै भन्नुभयो, “अनेसासको मर्म र भावनाअनुसार काम गर्न थप उत्प्रेरित गरेको छ, प्रवासी भूमिमा साहित्य लेखनमा क्रियाशीललाई थप सशक्त र गोलबद्ध गराउन विशेष पहल गर्नेछु ।” अनेसासका विश्वभरि दर्जनौँ च्याप्टरमा तीन हजारभन्दा बढी आजीवन सदस्य रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan