तीज काेशेली उत्तौली बजारमा
न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १२ शनिबार | २४४३ पटक हेरिएको
नेपाली नारीहरुकाे महान चाड हरीतालीका तीज नजीकिदै गर्दा तीजका गीतहरु बजारमा अाउने क्रम बढे रुपमा रहेको छ ।
केही महिना अगीकाे तीज गीत मुख चुच्चो पार बाट राम्रो प्रतिक्रिया पाएकी गायिका एलिना खनालको अर्को तीज गीत सार्बजनिक गरिएको छ। उत्तौली बोलको गीतमा गायिका एलिनालाइ गायक बिरेन्द्र ढकालले साथ दिएका छन् ।
बिरेन्द्र ढकालको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल अन्जली अधिकारी र सुमन खतिवडाको अभिनय रहेको छ । राजिब बलामीले निर्देशन गरेको भिडियोलाई कृष्ण श्रेष्ठले छायांकन गरेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका छन् ।
