Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिजन मिडियाको १० औं वार्षिक उत्सव भव्यताको साथ सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २२ मंगलबार | २०६३ पटक हेरिएको

 न्यूज अभियान, काठमाडौं । विगत १० वर्ष देखी सिजन मिडियाले स्कुल तथा कलेजमा अध्ययनरत छात्र छात्राहरुलाई लक्षित गरि शिक्षा, मनोरन्जन, खेलकुद र सौन्दर्यको माध्ययवाट उनीहरुको  व्यक्तिव विकास, भाषण कला, नेतृत्वदायी क्षमताको विकास, अनुसासन ,आन्तरिक कला प्रर्दशन र उच्च शिक्षामा सहयोगीको भुमिका खेल्दै वार्षिक रुपमा ५ ओटा सौन्दर्य प्रतियोगीता र अन्य मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
मिडियाले १० वर्ष पुरा गरेको पावन अवसरमा अवको दिनमा प्सटु कलेजका छात्रहरुलाई लक्षित गरि कलेज हेन्डसम लगयात खेलकुद विधा तर्फ मध्यनजर गर्दै इन्टर कलेज प्लस टु फुटसल टुर्नामेन्ट आयोजना गर्ने घोषणा समेत गरेको छ ।

अबको दिनबाट एजुकेशन एण्ड व्यूटी पत्रिका मासिक नियमित रुपमा प्रकासन गर्ने यूटियुव मार्फत भईरहेको एजुकेशन एण्ड व्युटी कार्यक्रम अब टेलिभजन मार्फत छिटैं प्रसारण गर्ने योजनामा मिडिया रहेको स्पष्ट पारेको छ ।
कार्यक्रममा सिजन मिडियाबाट बिभिन्न समयमा आयोजित सौदर्य प्रतियोगीताका बिजेताले बिभिन्न विधामा फेसन समेत र्याम्पमा प्रस्तुत गरेका थिए । सम्मान र फेसन शोले भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रंगिन बनेको थियो ।

कार्यक्रममा मिडियाको १०औ बर्ष पुगेको उपलक्ष्यमा प्रमुख अतिथि वर्षमान पुन र संस्थाका अध्यक्ष प्रदिपराज वन्तले केक समेत काटिएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan