Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बोट एउटाः आँपका जात दुईवटा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार ३ बुधबार | (रासस)
newsabhiyan

महोत्तरी, ३ असारः तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा  विभिन्न जातका आँप लटरम्म फलेका छन् । 

यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ ।

यसैबीच, महोत्तरीको भङ्गाहा–४ रामनगरका किसान रामभगत महतोको आँगनमा भने एउटै बोटमा दुई स्वादिष्ट जातका आँप फलेका छन् । उहाँको घरआँगनको  एउटै बोटमा ती दुवै जातका आँप फलेका छन् ।

महतोले मालदहको बिरुवा भनी दुई वर्षअघि रोप्नुभएको बोटमा पहिलोपल्ट यसपालि फल लागेको हो । त्यस आँपको बोटका मुख्य दुई हाँगामा फरक–फरक जातका आँप फलेका हुन् ।

किसान महतोले भन्नुभयो, “हेर्नुस त एकापट्टि मालदह र यो अर्काे हाँगामा दशहरी फल्यो, दुवै स्वादिष्ट जातका आँप गनिन्छन्  म खुसी छु ।” त्यो बोटमा मालदहका दाना ठूला रहेका र दशहरीका फल औसत रूपमा साना छन् ।

आँपको बिरुवामा कलमी लगाउँदा फेदतिर दशहरी र माथिल्लो भाग मलदहको हाँगो फाटेर गएको हुनसक्ने बागवानी विज्ञका रूपमा लामो सरकारी सेवाबाट अवकाश लिनुभएका स्थानीय ताराबहादुर भुजेल बताउनुहुन्छ । तथापि, एउटै बोटमा दुई जातका आँप फल्नु दुर्लभ घटना र अपवादमा भेटिने गरेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan