Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १ शुक्रबार |
newsabhiyan

काठमाडौं । चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा आएको छ । देशभरका हलमा २०० भन्दा धेरै शो पाएको सिनेमा आजबाट अल नेपाल प्रदर्शनमा आएको हो ।

प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रकसलेक्सन गर्नेमा निर्माण टिम विश्वस्थ छ ।

प्रिमियरमा सिनेमा हेरेकाले विषय, अभिनय र प्रस्तुतिले दर्शकलाई तन्ने प्रतिक्रिया दिएपछि निर्माण टिम त्यसको सकारात्मक प्रभाव हलमा देखिनेमा ढुक्क छ ।

“हाम्रो चलचित्र आजबाट प्रदर्शनमा आएको छ । प्र्रिमियरमा जस्तै आम दर्शकले पनि हलमा मन पराउनु हुनेछ भन्ने हाम्रो विश्वास छ,” निर्देशक कपिल रिजालले भने ।

केही हलमा दर्शकको शो उच्च देखिएको छ । बिहीबार नै केही शोमा अकुपेन्सी धेरै देखिएको थियो ।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

‘गौँथली’लाई कपिल रिजालले निर्देशन गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् ।

निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan