Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण सेवा नरोक्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |

काठमाडौं । सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि आवश्यक स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

अदालतले स्वास्थ्य परीक्षण सेवा रोकिँदा सेवाग्राहीको संवैधानिक अधिकार प्रभावित हुने तथा लाइसेन्स वितरण प्रक्रिया नै अवरुद्ध हुन सक्ने भन्दै यथास्थितिमा सेवा सञ्चालन गर्न आदेश दिएको हो।

उक्त अन्तरिम आदेशसँगै लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्दै आएका क्लिनिकहरूले हालका लागि पूर्ववत् सेवा सञ्चालन गर्न पाउने भएका छन्। अदालतले यस विषयमा अन्तिम फैसला नभएसम्म सेवामा कुनै अवरोध सिर्जना नगर्न सरकारलाई निर्देशन दिएको छ।

यस आदेशले लाइसेन्स बनाउन तथा नवीकरण गर्न स्वास्थ्य परीक्षणका लागि पुग्ने सेवाग्राहीलाई तत्काल राहत मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan