Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाह, नेपाल टेलिभिजनबाट मात्र प्रसारण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने तयारी गरिएको छ। प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय महत्वका समसामयिक विषय, पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा सरकारको आगामी कार्यदिशामा केन्द्रित रहने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्बोधनको प्रत्यक्ष प्रसारणका लागि नेपाल टेलिभिजनलाई आधिकारिक माध्यम तोकिएको छ। सम्बोधनमा देशमा विकसित पछिल्लो परिस्थितिबारे सरकारको धारणा र नागरिकलाई शान्ति, संयम तथा एकताको सन्देश दिने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको सम्बोधनलाई लिएर राजनीतिक वृत्त, सुरक्षा निकाय तथा सर्वसाधारणको चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan