Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दोलखामा पहिरोले बाख्राको गोठ बगायो, ७३ वर्षीय वृद्ध बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ६ बुधबार |

काठमाडौं, साउन २२ — दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोलामा आएको पहिरोमा परेर एक वृद्ध बेपत्ता भएका छन्।

आज बिहान करिब २:३० बजे सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै गएको पहिरोले बाख्राको गोठ बगाउँदा गोठभित्र रहेका स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका हुन्।

पहिरोका कारण जलविद्युत आयोजनाका कर्मचारी बस्ने घर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
बेपत्ता तामाङको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत विपद् मनसुन प्रतिकार्य बेस सिंगटीबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan